arrow

महेश बस्नेतविरुद्ध झापामा पहिचानवादीहरुले गरे प्रदर्शन 

logo
युवराज रेग्मी,  
प्रकाशित २०८० असोज २५ बिहिबार
birodh-jhapa-2080-06-25.jpg

झापा । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघद्वारा झापाको शनिश्चरेमा आयोजित कार्यक्रममा आएका एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेतलाई लक्षित गरी झापाका पहिचानवादी संगठनहरूले प्रदर्शन गरेका छन् ।

अर्जुनधारा नगरपालिकाको शनिश्चरे चोकमा पहिचानवादी संठगनहरूले चर्का नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । 

बस्नेतविरुद्ध चर्को नाराबाजी भएपश्चात् उनलाई  स्कर्टिङ गरेर कार्यक्रमस्थलतर्फ लगिएको थियो । 

 पहिचानवादीहरुले प्रदेशमा एमालेको सरकार नेतृत्वमा रहँदा राखिएको कोशी प्रदेशको नाम फेर्नुपर्ने माग राख्दै आएका छन् । 

पहिचानवादीहरूको आन्दोलनका कारण शनिश्चरे बजार तनावग्रस्त बनेको छ ।

उनीहरुले कालो फेटा बाँधेर कालो झन्डा देखाउँदै नाराबाजी गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ