arrow

सशस्त्रबाट तीन महिनामा २६ करोड बढीको अवैध सामग्री बरामद 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २७ शनिबार
apf-armed-police-force-logo.jpg

काठमाडौँ । तराईमा सीमा सुरक्षा मात्रै नभइ अवैध ओसारपसारविरुद्ध, मानव बेचविखनविरुद्ध, लागू औषध नियन्त्रण , अपराध नियन्त्रण , शान्ति सुरक्षा लगायतका कार्य गर्दै आएको देशभरका सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को कमाण्डमा हुने बाहिनीले अवैध ओसारपसारविरुद्ध ३ महिनाको अवधिमा करिब सवा २६ करोड रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेका छन् । जसमा देशभर तीन वटा बाहिनीले ठूलो संख्यामा अवैध सामग्री बरामद गरेका छन् ।

नयाँ आर्थिक वर्ष २०८०–८१ को साउनको पहिलो साताबाट असोज २० गतेसम्म देशभरका तराईसहित अन्य प्रदेशमा रहेका सशस्त्र प्रहरीका बाहिनी र अन्तर्गतका  कार्यालयहरुले २६ करोड ९ लाख ४० हजार २०८ रुपैयाँ बराबरका अवैध सामाग्री बरामद गर्दै राज्य कोषको ढुकुटी बढाएका हुन् । 

देशभरका सीमा नाकासँग जोडिएका १८ जिल्लामा रहेका ६ वटा बाहिनी र तराईको सीमामा नजोडिएको एउटा बाहिनी अन्तर्गतका जिल्ला कमाण्ड र (प्रस्तावित) सीमा सुरक्षा गुल्म, बिओपी , आउटर पोस्ट लगायतबाट तीन महिनाको अवधिमा उक्त रकम बराबरका अवैध सामाग्री बरामद गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरी बल अन्तर्गत नं १ बराह बाहिनी सुनसरी, सशस्त्र प्रहरी बल नं।२ छिन्नमस्ता बाहिनी महोत्तरी र  सशस्त्र प्रहरीको नं  ५ विन्ध्यावासीनी बाहिनी चन्द्रौटाले गत साउनदेखि असोज २० गतेसम्म सवा ७ करोड रुपैयाँ बढीको अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

त्यस्तै अवैध सामग्री बरामद गर्ने क्रममा  नं ३ गढिमाई बाहिनी हेटौँडाले  साढे ११ लाख,  सशस्त्र प्रहरी बल नं ४ मुक्तिनाथ बाहिनी पोखराले ५४ लाख रुपैयाँ बराबरको अवैध सामग्री गत साउनदेखि असोज २० सम्ममा बरामद गरेको हो । पोखरास्थित मुक्तिनाथ बाहिनी तराईसँग जोडिएको पूर्वी नवलपरासी मात्र हो ।

सशस्त्र प्रहरीको भारतीय सीमा नाकासँग नजोडिएको कर्णाली प्रदेशस्थित सशस्त्र प्रहरी बल नं ६ महेश्वरी बाहिनी सुर्खेतले अवैध ओसारपसारका साढे २७ लाख बढीको अवैध सामग्री बरामद गरेको छ। 

यसैगरी सशस्त्र प्रहरी बलको सुदूरपश्चिमस्थित कैलालीमा रहेको नं ७ वैधनाथ बाहिनीले पनि पौने २ करोड रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गत साउनदेखि असोज २० गतेसम्म बरामद गरिएका अवैध सामग्रीलाई  बाहिनी र बाहिनी मातहतका कार्यालयले गरेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका अनुसार ७ करोड भन्दा बढीको अवैध सामग्री बरामद गर्ने बराह बाहिनीमा डीआईजी अन्जनी पोखरेल, छिन्नमस्ता बाहिनीको कमाण्ड दीपेन्द्र शाह र विन्ध्यबासिनी बाहिनी चन्द्रौटाको कमाण्ड डीआईजी अभि खत्रीले गर्दै आएका छन् ।

सशस्त्र प्रहरीको कमाण्ड अन्तर्गत कोशी प्रदेशमा रहेका सुनसरी, मोरङ मधेस प्रदेशमा पर्सा, रौतहट , बारा, महोत्तरी र लुम्बिनीमा पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेस्थित सशस्त्र प्रहरीले गत साउनदेखि असोज २० गतेसम्मको अन्तरालमा सोचे भन्दा बढी नै अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरीले चाडपर्व नजिकिएसँगै तराईसँग सीमा जोडिएका कोशीमा २७ वटा नागरिक सहायता कक्ष, मधेस प्रदेशमा नागरिक सहायता कक्ष ५३ र २२  स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ। त्यस्तै सशस्त्र प्रहरीले बागमती प्रदेश मकवानपुर अन्तर्गत २ वटा हेल्प डेस्क र ३ स्थानमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ ।

गण्डकी प्रदेशमा २ वटा हेल्प डेस्क, लुम्बिनी प्रदेशस्थित विन्ध्यावासिनी बाहिनी चन्द्रौटा अन्तर्गत १९ हेल्प डेस्क र ३ स्थानमा स्वास्थ्य सहायता कक्ष राखिएको छ। कर्णाली प्रदेशस्थित महेश्वरी बाहिनी सुर्खेत मातहत एउटा हेल्प डेस्क र सुदूरपश्चिमस्थित बैद्यनाथ बाहिनी कैलालीअन्तर्गत २० स्थानमा हेल्प डेस्क र एक स्थानमा  स्वास्थ्य सहायता कक्ष राखिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ