arrow

तीन अमेरिकीले गरे कुम्भकर्ण हिमाल आरोहण

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २८ आइतबार
Kumbha karna hilam.jpg

ताप्लेजुङ । तीन जना अमेरिकी नागरिकले यहाँस्थित जन्नु (कुम्भकर्ण) हिमाल आरोहण गरेका छन् ।

सात हजार सात सय १० मिटरको उचाइमा रहेको कुम्भकर्ण हिमाल आरोहणका लागि गएका पाँचमध्ये तीन जनाले सफल आरोहण गरेका हुन् ।

ग्राण्ड हिमालय ट्रेक्स एण्ड एक्सपिडिसनबाट आरोहणका लागि गएका अमेरिकी आरोही एलन प्याट्रिक रुसो, माइकल ओरियन गार्डनर र ज्याक्सन मिलर मार्भलले सफल आरोहण गरेको कम्पनीका प्रबन्धक ओङ्मु शेर्पाले जानकारी दिए ।

शेर्पाका अनुसार आरोहणका लागि गएका अन्य दुईजना भने आरोहण गर्न नसकी फर्किएका छन् । 

अमेरिकन नागरिकले पहिलोपटक यो हिमालको आरोहण गरेको जनाइएको छ । 

नेपाली समयअनुसार शनिबार बिहान ४ः२० बजे तीन जनाले सफल आरोहण गरेको शेर्पाले बताए ।

आरोहणका लागि जोखिम मानिने कुम्भकर्ण हिमालमा सफल आरोहण हुनुलाई उल्लेखनीय उपलब्धिका रूपमा लिइएको शेर्पाको भनाइ छ । 

यसअघि फ्रान्स र रुसका आरोहीले कुम्भकर्णको आरोहण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ