arrow

बझाङमा फेरि भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
earthquake2.jpg

बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर फेरि भूकम्पको पराकम्प गएको छ । 

गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 

भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् । 



नयाँ