arrow

पाकिस्तानमा सैन्य कारबाहीमा चार आतङ्ककारी मारिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ४ शनिबार
pakistan-army_650x400_61453560896.jpg
तस्बिर – फाइल ।

इस्लामाबाद । पाकिस्तानी सेनाले शुक्रबार उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले चार आतङ्ककारीलाई मारेको र अर्का एक जना घाइते बनाएको बताएको छ ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्ति जारी गर्दै सुरक्षा बलले प्रान्तको लक्की मारवत जिल्लामा सो कारबाही गरेको थियो ।

अपरेशनका क्रममा सेना र आतङ्ककारीहरूबीच गोली हानाहान भएको र ती आतङ्ककारी मारिएको बताइएको छ ।

मारिएका आतङ्ककारीहरू सुरक्षा बलविरुद्ध विभिन्न किसिमका आतङ्ककारी गतिविधिका साथै निर्दोष नागरिकको हत्यामा संलग्न रहेको सेनाको दाबी छ । 

कारबाहीका क्रममा आतङ्ककारीहरूबाट ठूलो मात्रामा हातहतियार, उपकरण र विस्फोटक पदार्थ समेत बरामद भएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ