arrow

बैकुण्ठे दुर्घटनामा मृत्यु हुने छ जना एकै परिवारका

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ६ सोमबार
baikunthey-bhir-new.jpg

कावासोती । पाल्पामा हिजो भएको कार दुर्घटनामा मृत्यु हुने छ जना एकै परिवारका रहेको खुलेको छ । 

बैकुण्ठे भीरमा कार दुर्घटना हुँदा देवचुली-१६ रजहरका एकै परिवारका ६ जनाको मृत्यु भएको थियो । 

रानीमहल जाँदै गरेको प्र-०१-२६ च ७२०९ नं को कार बैकुण्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा एकै परिवारका ६ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा ज्यान गुमाउने सबै एकै परिवारका श्रीमान, श्रीमती, सम्धिनी, बुहारी र दुई नाती छन् ।  

दुर्घटनामा कारका चालक समेत रहेका वरचुलि माविका शिक्षक ईश्वरबहादुर लोहनी गम्भीर घाइते भएका छन् ।  

दुर्घटनामा ईश्वरका बुबा कृष्णबहादुर लोहनी आमा पार्वती लोहनी, श्रीमती सबिना धिताल, सासू आमा चुना धिताल र दुई छोराहरू सबिस लोहनी, ईसब लोहनीको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

कारका चालक समेत  रहेका शिक्षक ईश्वरबहादुर लोहनी आफ्ना परिवार सहित रानी महल घुम्न जाँदा दुर्घटनामा परेका देवचुली-१६ का वडा अध्यक्ष केशवराज गौतमले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ