arrow

स्वीडेनको नाटो प्रवेश प्रस्तावमा एर्दोगानले गरे हस्ताक्षर  

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ८ बुधबार
Recep-Tayyip-Erdogan.jpg.jpeg

काठमाडौँ । टर्कीएका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले स्वीडेनको नाटामो समावेश हुने प्रोटोकलमा हस्ताक्षर गरेका छन् । 

उनले उक्त प्रोटोकललाई अनुमोदनका लागि टर्कीएको संसद्मा पठाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

सुरुमा उक्त प्रोटोकलमाथि संसद्को समितिमा छलफल हुनेछ र त्यसलाई मतदानका लागि साधारणसभामा पेश गरिनेछ । 

अङ्काराले सुरुमा फिनल्यान्ड र स्वीडेन दुवै मुलुकले आतङ्कवादका सम्बन्धमा आवश्यक कदम नउठाएसम्म र को सदस्यतालाई अनुरोध गरिएका व्यक्तिहरूलाई सुपुर्दगी नगरेसम्म उनीहरूको नाटोमा सदस्यतालाई स्वीकृत नगर्ने बताएको थियो । 

स्वीडेनमा कुरान जलाएको घटनालाई लिएर टर्कीएले कडा प्रतिक्रिया जनाएको थियो । यद्यपि फिनल्यान्ड र त्यसपछि स्वीडेनको नाटो सदस्यताको भिटो क्रमशः हटाइयो । 

टर्कीएको संसद्ले मार्चमा फिनल्यान्डको नाटोमा प्रवेश गर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो तर प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लाई कथित समर्थन गरेका कारण स्वीडेनको नाटोमा प्रवेश गर्ने प्रस्तावमाथि टर्कीए अनिच्छुक देखिएको थियो । 

स्वीडेनले नाटो सदस्यता लिने प्रक्रियामा आफ्नो आतङ्कवाद विरोधीकानूनमा नयाँ संशोधनहरू गरेको छ तर उसले टर्कीएले अनुरोध गरेको ‘संदिग्ध आतङ्कवादी’हरूलाई सुपुर्दगी गरेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ