arrow

एसियाली पारा खेलकुदमा दुर्गामान १२ औँ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ८ बुधबार
durgaman-tamang-para-airlif.jpg

काठमाडौँ । नेपालका दुर्गामान तामाङ चौथो एसियाली पारा खेलकुद अन्तर्गत पावर लिफ्टिङमा समग्रमा १२ औँ भएका छन् । १२ खेलाडी नै सहभागी भएकामा उनी पुछारमा रहे ।

 चीनको हाङझावस्थित एक्सएससी जिम्न्याजियममा भएको पुरुष ७२ केजी मुनि समूह ‘बी’ मा दुर्गाले पहिलो लिफ्टमा ८५ केजी भार वहन गरे । 

दोश्रो र लिफ्टमा उनले समान ९१–९१ केजी वजन उठाउने प्रयास गरेका थिए । तर उनी सफल भएनन् । यदि उनले ९१ केजी वजन उचाल्न सफल भएको राष्ट्रिय कीर्तिमान हुने प्रशिक्षक सञ्जय महर्जनले जनाएका छन् । उनकै नाममा ९० केजीको राष्ट्रिय कीर्तिमान छ ।

दुर्गाको चुनौती समाप्त भएपछि पावर लिफ्टिङमा नेपालको यात्रा टुंगिएको छ । नेपालबाट पावर लिफ्टिङमा २ पुरुष खेलाडी सहभागी थिए । 

दुर्गाअघि प्रतिस्पर्धा गरेका पवन घर्ती मगरले ४९ केजीमुनि ७६ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको ७५ केजीको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ