arrow

अलैँची किसानले बगानमै मनाए दशैँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ९ बिहिबार
aalaichi-tipai.jpg

फुङ्लिङ । नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । 

तर ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैँची बगानमै दशैँ मनाएका छन् । 

घरबाट टाढा रहेको बगानमा अलैँची टिप्न आएका किसान कामको चटारोले गर्दा घर जान पाएनन् । घरबाट निस्किएका फक्ताङलुङ गाउँपालिका–६ फेम्बूका विर्खबहादुर लिम्बू अलैँची बगानदेखि घर फर्किएका छैनन्। 

फक्ताङलुङ गाउँपालिका–५ ओखरबाटेको अलैँची बगानमा उनको दिनचर्या बितिरहेको छ । अहिले लिम्बूको परिवार नै बगानमै छन् । दैनिक आठदेखि १२ खेताला लगाइरहेका उनले यस वर्षको दशैँ पनि यही बगानमा मनाए ।

फक्ताङलुङ–५ तामावाका पूर्ण लिम्बू पनि अलैँची बगनमै दशैँ मनाए । एक बगानदेखि अर्को बगानमा सरदा पूजापाठ गरेरमात्र टिपाइ सुरु गर्ने चलन छ । उनले मङ्गलबार अलैँची बगानमा पूजापाठ गरे । 

पूजा गर्दा कुखुराको भाले चढाउनुपर्ने हुन्छ । उनले भाले चढाएर ओखरबोटेको अलैँची बगान टिपाइ सुरु गरेका छन् । पूजा गर्ने बर्सेनिको चलन छ । बगानमा अलैँची टिप्न, छोडाउन र सुकाउन धमाधम भएकाले उनको परिवार दशैँमा घर फर्कन नपाएको हो । 

“टिप्न थालेपछि यसलाई गुम्स्याउने, छोडाउने र सुकाउने गर्नुपर्छ,” उनले भने, “खेतालालाई छुट्टी दिए पनि घरको मान्छेले त बगान छोड्न पाइँदैन ।”

सुकाइसकेपछि बल्ल बगानको काम सकिन्छ । त्यसैले दशैँका बेला पनि अलैँची बगनमै बस्नु परेको उनले बताए । चाडबाड जहाँ, जसरी पनि मनाउनुपर्ने भएकाले आफूहरूले कुखुराको भाले खाएर दशैँ मनाएको लिम्बूले सुनाए । 

सिरिजङ्गा–६ मामाङ्खेका हर्क लिम्बूले पनि यस वर्ष टीका लगाउन पाएन । बगानमा धमाधम काम भएकाले घर जानै सकेनन् । ठूलो बगानमा टिपिरहेका उन तिहारअघि नै काम सकेर फर्कने तयारीमा छन्। 

मेरिङदेन गाउँपालिका—५ नाल्बुका विमना लिम्बूले केही समयअगाडि आफ्नो परिवारका लागिमात्र खाना बनाउनुहुन्थ्यो । तर अहिले अलैँची टिपाइ सुरु भएसँगै खेतलाका लागि उन बिहान खाजा बनाउ र खाना बनाउनमा व्यस्तता बढेको छ ।

 छरछिमेकमा खेतला नपाइने भएकाले लिम्बूको अलैँची बगानमा धेरै टाढाबाट अलैँची टिप्ने मजदुर बोलाएका छन्। अलैँची टिप्ने खेतलाहरुलाई बिहान खाजा दिएर बिहानको समयमा बगानमा अलैँची टिप्ने जाने गर्दछन् । 

बिहानको १० बजे खान खान समय हुन्छ । आँखा देखुन्जेलसम्म बेलुका अलैँची बगानमै टिप्ने गर्दछन् । साँझबिहान बगानमै बसेर अलैँची टिप्ने मजदुरलाई पाँच सयदेखि ६ सय ५० रुपैयाँ ज्याला दिनु पर्दछ । 

यी त भए केही प्रतिनिधि पात्रमात्र हुन् । जिल्लाका प्रायः किसान यति बेला अलैँची भित्र्याउने ध्याउन्नमा छन् । औलमा टिपिसकेको भए पनि मध्य र लेकाली क्षेत्रमा यति बेला धमाधम टिप्ने र सुकाउने काम भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ