arrow

रेस्टुरेन्टमा चल्यो अन्धाधुन्द गोली, २२ जनाको मृत्यु, ६० घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ९ बिहिबार
gun-fire1.jpg

काठमाडौं । अमेरिकाको माइन राज्यको लेविस्टनस्थित एक रेस्टुरेन्टमा अन्धाधुन्द गोली चलेको छ । 

बुधबार राति भएको गोलीकाण्डमा २२ जनाको मृत्यु भएको छ । 

घटनामा करिब ६० जना घाइते भएका छन् । तीमध्ये धेरैको अवस्था चिन्ताजनक छ ।

प्रहरीका अनुसार राति ८ बजेतिर तीन ठाउँमा परिवार र साथीभाइसहित मानिसहरू उपस्थित हुँदा गोली चलेको थियो ।

आक्रमणकारीलाई अझैसम्म प्रहरीले पक्राउ गरिसकेको छैन । 

रोबर्ट कार्ड नाम गरेका ती आक्रमणकारीको प्रहरीले सबै स्थानमा तस्बिर पठाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ