arrow

सरकार पाँचै वर्ष टिक्ने प्रचण्डको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १० शुक्रबार
prachanda-2080-06-25-1.jpg

रुकुम पश्चिम। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकार पाँच वर्ष नै टिक्ने दाबी गरेका छन् । 

रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–६ मग्मामा सहिद स्मृति खेलकुद तथा सांस्कृतिक मेलामा सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकार बनेदेखि नै ढाल्ने चलखेल सुरु भए पनि कसैले हल्लाउन नसक्ने बताए । 

“गठबन्धन सरकार कमजोर भए अराजकतावादी, विचारविहीनहरू बढ्दै जान्छन्, सामन्ती र निरंकुशतावादीले टाउको उठाउने खतरा बढ्छ”, प्रचण्डले भने । 

उनले मुलुकका विभिन्न भागमा धार्मिक र जातीय सद्भाव बिगार्ने खेल भइरहेको भन्दै त्यसलाई रोक्न पनि सरकार आवश्यक भएको तर्क गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ