arrow

१८ जनाको अन्धाधुन्द गोली हानी हत्या गरेका व्यक्तिको नजिक नजान प्रहरीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १० शुक्रबार
america-dead-18.jpg

काठमाडौँ । १८ जनाको अन्धाधुन्द गोली हानी हत्या गरेका व्यक्तिको  नजिक नजान प्रहरीले आग्रह गरेको छ ।  

अमेरिकी सेनाको उत्तरी राज्य मेनको एउटा सानो सहरमा १८ जनाको गोली हानी हत्या गरेको आशङ्का ४० वर्षीय सैनिक रोबर्ट कार्डमाथि गरिएको छ ।

बुधबार राति लुइस्टनको एक बलिङ एल्ली र बारलाई लक्षित गरी गरिएको गोली काण्ड सन् २०१७ यताकै सबैभन्दा घातक गोली काण्ड हो । 

लस भेगासमा भीडभाड रहेकोे सङ्गीत महोत्सवमा सन् २०१७ मा भएको आक्रमणमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा करिब ६० जनाको मृत्यु भएको थियो । 

“प्रहरीले कार्डलाई हत्याको अभियोगमा पक्राउ गर्न वारेन्ट जारी गरेको छ,” मेन स्टेट पुलिसका कर्णेल विलियम रोसले बिहीबार एक पत्रकार सम्मेलनमा भने ।

 प्रहरीले कार्डलाई ‘सशस्त्र र खतरनाक’ आक्रमणकारीको संज्ञा दिँदै उनीसँग नजिक नजान चेतावनी दिएको छ । 

लेविस्टन पुलिस डिपार्टमेन्टले खैरो ज्याकेट र निलो कार्गो पाइन्टमा सजिएका र असॉल्ट राइफलले सुसज्जित एक दाह्री भएका व्यक्तिको तस्बिर खोजीको सूचीमा सार्वजनिक गरेको छ ।

सन् १९८३ मा जन्मिएका कार्ड प्रमाणित हतियार प्रशिक्षक र अमेरिकी सेनाको रिजर्भ बलका सदस्य हुन् ।

अमेरिकी सेनाले एएफपीलाई कार्डको सैन्य सेवाको बारेमा विस्तृत जानकारी प्रदान गर्दै उनी आर्मी रिजर्भमा प्रथम श्रेणीको सर्जेन्ट भएको र डिसेम्बर २००२ मा भर्ती भएका तर ‘कुनै लडाइँको जिम्मेवारी नपाएका बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ