arrow

चोरीको मोटरसाइकल खोज्न गएका प्रहरी जवानको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १२ आइतबार
bike-accident.jpg

बारा । मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ ।  मृत्यु हुनेमा जिल्ला कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनार रहेको प्रहरी उपरीक्षक सुशप्रसाद काफ्लेले जानकारी दिए ।

शनिवार बिहान  निजगढ नगरपालिकाबाट वडा नं ८ बाट जीतपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ  मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने क्रममा ड्युटीको सिलसिलामा मोटरसाइकल दुर्घटनामा निजको मृत्यु भएको हो ।

निजले चलाएको ज१२प ७१५४ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका प्रहरी जवान सुनारको प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकी थप उपचारका लागि एलएस न्यूरो अस्पतालमा लगिएकामा उपचारका क्रममा  १२:१५ बजे प्रहरी जवानको मृत्यु भएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ