arrow

गुटेरेस जलवायु परिवर्तनको असर बुझ्न सोलुखुम्बु जाने भएपछि सुरक्षा कडा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १२ आइतबार
antonio-guterres-nepal-2080-07-12.jpg

काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस जलवायु परिवर्तनको असरबारे बुझ्न र सोलुखुम्बूको नाम्चेस्थित स्याङबोचे र प्रत्यक्ष सम्वाद गर्न अन्नपूर्ण आधार शिविर जाने भएपछि त्यहाँको सुरक्षा व्यवस्थाका लागि नेपाली सेना र प्रहरीको टोली त्यसतर्फ पुगिसकेको छ । 

सोमबार हेलिकोप्टरमार्फत स्याङबोचे र त्यहाँबाट पोखरा बास बस्ने उनी मंगलबार बिहान हेलिकोप्टरबाट बेसक्याम्प पुग्ने भएपछि पूर्व ‘रेकी’गर्न सुरक्षा निकाय नाम्चे र अन्नपूर्ण बेसक्याम्प पुगिसकेको छ । 

नाम्चेमा सेना–प्रहरी टोली र बेसक्याम्पमा सेना–प्रहरीको टोली केही दिनअघि देखि नै पुगिसकेको छ  । सोमबार महासचिव गुटेरस सोलुखुम्बुको स्याङ्बोचे पुग्नेछन् । जलवायु परिवर्तनको असरलाई बुझ्न उनी सोलुखुम्बुसम्म अवलोकनका लागि जान लागेका हुन् । सोलुखुम्बुबाट काठमाडौं फर्केपछि गुटेरेस ललितपुरस्थित यूएन हाउसको कार्यक्रममा सहभागी हुने भएका छन् ।

सोमबार साँझ उनी पोखरा गएर बास बस्ने कार्यक्रम छ । कात्तिक १४ गते बिहान उनी पोखराबाट अन्नपूर्ण सर्किट अवलोकनमा जानेछन् । 

अन्नपूर्ण सर्किटबाट फर्केपछि पोखरास्थित पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ। मंगलबार उनी गौतम बुद्धको जन्मस्थल लुम्बिनी जानेछन् । 

लुम्बिनीबाट फर्केपछि मंगलबार नै अपरान्ह ४ बजे संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

बुधबार महासचिव गुटेरेस संयुक्त राष्ट्रसंघ मुख्यालय फर्किने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ