arrow

गुटेरेसलाई सोल्टीमा डिनर, को जाँदैछन् को जाँदै छैनन् ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १२ आइतबार
antonio-guterres-nepal-2080-07-12.ajpg.jpg

काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सम्मानमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रातिभोजको आयोजना गर्दैछन् । 

सोल्टी होटलमा हुने राति भोजमा हालका मन्त्रीहरु उच्च पदस्थ अधिकारीहरु, सबै दलका प्रमुखहरुलाई निम्तो दिइएको बताइएको छ । तर उक्त रात्रिभोजमा नजाने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । 

उनले संक्रमणकालीन न्यायका लागि यो सरकार गम्भीर नभएको भन्दै भोजमा नजाने बताएका हुन् । उनले प्रयोजन बिना नै गुटेरेस आएको भन्दै उक्त रात्रिभोजमा नजाने बताएका हुन् । 

उनले सामाजिक संजालमा लेखेका छन्, ‘प्रयोजनविहीन भ्रमणमा आएका महासचिवको सम्मानमा आयोजित रात्रिभोजमा नजाने निर्णय लिएको छु ।’ 

उनका अनुसार महत्वपुर्ण मुद्धा छाडेर राष्ट्र संघका प्रमुख यसरी कुनै उपलब्धि हुन नसक्ने र औचित्यहीन भ्रमणमा आउनुले उनी विश्व शान्ति प्रति संवेदनशील नदेखिएको सन्देश गएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ