arrow

गुटेरेसको औपचारिक भेटवार्ता शुरुः प्रधानमन्त्री, रक्षा मन्त्री र परराष्ट्र मन्त्रीसँग सिंहदरबारमा भेटघाट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १२ आइतबार
guterres-npsaud-purnabahadu.jpg

काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले औपचारिक भेटघाट थालेका छन् । चार दिने नेपाल भ्रमणमा रहेका गुटेरेस औपचारिक भ्रमणका लागि सिंहदरबारमा रहेका छन् । उनले शुरुआतमा परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाट गरेका छन् । 

त्यसपछि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग कुराकानी गरेका छन् । त्यसपछि गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । 
३ः१० बजे, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग र ३ः२५ बजे पूर्वप्रधानमन्त्री एवं विपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेटवार्ता हुँदैछ ।

४ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार वार्ता हुँदैछ । १५ मिनेट शिष्टाचार वार्तापछि उनी पाटन दरबारस्क्वायर जानेछन् ।

बेलुकी ७ बजेदेखि पौने ९ बजेसम्म प्रधानमन्त्री प्रचण्डले आयोजना गर्ने राजकीय रात्रिभोजमा सहभागी हुनेछन् । रात्रिभोज होटल सोल्टीमा हुनेछ । 

उनले १४ गते संसद बैठकमा सम्बोधन गर्नेछन् । यो सम्बोधनबारे सांसदहरुलाई आज संसदमा जानकारी गराई सभामुख देवराज घिमिरेले १४ गते दिउँसो ३ः४५ सम्म आ–आफ्नो सिटमा बसिसक्न पनि सांसदहरुलाई निर्देशन दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ