arrow

घैयाखेत बस दुर्घटनामा घाइते भएका ३५ मध्ये सात गम्भीर, चालक नियन्त्रणमा

logo
हरि पन्त,
प्रकाशित २०८० कार्तिक १२ आइतबार
acccc.jpg

पोखरा । पोखरामा आइतबार बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकका अनुसार घाइते सबैलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । 

पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनबाट पोखरा-२२ शान्तिस्तूपातर्फ जाँदै गरेको ग१ख ८५८५ नम्बरको बस घैयाखेत भन्ने स्थानमा दुर्घटना भएको हो । 

पोखरा यातायात प्रालिको सो बस शान्ति स्तूपा हुँदै पुम्दीकोटको महादेव मन्दिरसम्म सञ्चालन हुने गर्दछ । दुर्घटनास्थल उकालो ठाउँमा रहेको बस सडकबाट १० मिटर तल खसेको छ । 

दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको डिएसपी विकले जानकारी दिए ।

बस चालक तनहुँका ३० वर्षीय रमेश विकलाई नियन्त्रणमा लिइएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ