arrow

टीआरसी टुंग्याउन गुटेरेसका तीन सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १२ आइतबार
guterres-prachanda-npsaud.jpg

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउन तीन सुझाव दिएका छन् । नेपाल भ्रमणमा रहेका उनले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि गरिएको पत्रकार सम्मेलनमा तीन उपायबाट मात्रै टीआरसी समाधान गर्न सकिने बताएका हुन् । 

उनले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गरेरमात्रै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुग्नुपर्नेमा जोड दिएका हुन् । 

गुटेरेसले अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राष्ट्र संघ सहयोग गर्न तयार रहेकोसमेत बताए । 

उनले शान्ति कायम गर्दै गणतन्त्रको स्थापना, दिगो विकास लक्ष्य हासिल गर्न तथा जलवायु परिवर्तनविरुद्ध नेपाल लागि परेको भन्दै नेपाल आगामी केही वर्षमै अल्पविकसित देशबाट माथि उठ्न तयार भइरहेको भन्दै प्रशंसा गरे । 

उनले नेपालले विगत तीस वर्षमा एक तिहाइ हिँउ गुमाएको बताउँदै यहाँका हिमनदीहरू उच्चदरमा पग्लिरहेको प्रति चिन्तासमेत व्यक्त गरे । 

उनले नेपाल र संयुक्त राष्ट्र संघ बीचको गहिरो मित्रतालाई थप मजबुत बनाउन आफू नेपाल आएको पनि बताए । 

चार दिनका लागि उनी आइतबार बिहान १ बजे काठमाडौँ आइपुगेका थिए । उनी १५ गते बुधबार फर्किदैछन् । यो बीचको समयमा उनले आइतबार औपचारिक भेटभाट गरी बेलुकी प्रचण्डको आयोजनामा डिनर गर्नेछन् । 

१४ गते उनले संसदमा सम्बोधन गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ