arrow

अमेरिका आउन चिनफिङलाई बाइडेनको निमन्त्रणा

‘सहज’ छैन भेटघाट- कूटनीतिज्ञ वाङ

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १३ सोमबार
biden-xi-jinping-us-china.jpg

काठमाडौँ । दुवै शक्तिराष्ट्र अमेरिकार चीनबीच तनावपूर्ण सम्बन्धको समयमा अमेरिकी राष्ट्रपति बाइडेनले एसिया-प्रशान्त आर्थिक सहयोग (एपीईसी) शिखर सम्मेलनमा भाग लिन आफ्ना चिनियाँ समकक्षी सीलाई सान फ्रान्सिस्कोमा आमन्त्रण गरेका छन्। 

चिनियाँ कूटनीतिज्ञ वाङ यीले यसै साता गरेको अमेरिका भ्रमणमा चिनफिङलाई बाइडेनको निमन्त्रणा दिएका हुन् । अमेरिका जाने बारेमा राष्ट्रपति सीले अहिलेसम्म पुष्टि गरेका छैनन् ।

वाङले अमेरिकी राष्ट्रपति बाइडेन र अन्य वरिष्ठ अमेरिकी अधिकारीहरूसँग भेटघाट गरे । शुक्रबार दुवै पक्ष आगामी महिना नेताहरूबीच एउटा बैठक आयोजना गर्न सहमत भएका थिए ।  

वासिङ्टनको दुर्लभ भ्रमण पूरा गरेका चिनियाँ कूटनीतिज्ञ वाङले चिनियाँ राष्ट्रपति  र अमेरिकी राष्ट्रपतिबीचको भेटघाटको बाटो ‘सहज थिएन’ भनेको सरकारी सञ्चारमाध्यमले बताएको छ ।

सिन्ह्वाका अनुसार कूटनीतिज्ञ वाङले शनिबार वासिङ्टनमा एस्पेन स्ट्राटिजी ग्रुपद्वारा आयोजित कार्यक्रममा भने, “दुवै पक्षले चाँडोभन्दा चाँडो द्विपक्षीय सम्बन्धलाई स्थिर र सुधार गर्ने आशा गरेका छन् र दुवै राष्ट्र प्रमुखबीच सान फ्रान्सिस्को शिखर सम्मेलनमा सँगै मिलेर काम गर्न सहमत भएका छन् ।”

सिन्ह्वाका अनुसार वाङले चेतावनी दिँदै भने, “सान फ्रान्सिस्को मार्ग सहज छैन र यसलाई ‘अटोपाइलट’ का भरमा छोड्न सकिँदैन ।” सन् २०२२ नोभेम्बरमा बालीमा भएको भेटयता बाइडेन र सीबीच कुनै सम्पर्क भएको छैन । 

दुवै मुलुक एसिया-प्रशान्त क्षेत्र र त्योभन्दा बाहिरको प्रभावका लागि प्रतिस्पर्धा गरिरहेको र बेइजिङले अमेरिकी प्रभूत्वलाई कम गर्न रुससँग सहयोग बढाइरहेकाले विश्वका दुई शीर्ष अर्थतन्त्र मुलुकबीच वर्षौँदेखि सम्बन्ध तनावपूर्ण रहेको छ । 

सिन्ह्वाका अनुसार वाङले शनिबार दुवै पक्षले हस्तक्षेप अन्त्य गर्न, अवरोधहरू हटाउन र आम सहमति बढाएर परिणाम हासिल गर्नुपर्ने बताएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ