arrow

अमेरिकी र स्वीजरल्याण्डका नागरिकलाई लाग्यो लेक, हेलिकोप्टरबाट उद्धार गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १३ सोमबार
tourist-nepal.jpg.jpeg

गोरखा । लेक लागेर बिरामी परेका दुई जना विदेशी पर्यटकको उद्धारमा समस्या भएको छ । 

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६, रिप्चेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका विदेशी पर्यटकको उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।

लेक लागेर बिरामी पर्नेमा स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिह्यूल र अमेरिकी नागरिक इरिक कोनेल ओलरज रहेका छन् । 

उनीहरुको उद्धारका लागि आवश्यक सबै प्रक्रिया पूरा भए पनि हेलिकोप्टर उडानमा समस्या परेपछि उद्धार गर्न कठिनाइ भएको उनले बताए ।

बिरामीको उद्धारका लागि आइतबार प्रयास गरिएको भए पनि असफल भएको थियो । 

प्रमुख जिल्ला अधिकारी भुसालले गृह मन्त्रालयले हेलिकोप्टर उडानको अनुमति दिएको भए पनि मौसममा खराबीका कारण हेलिकोप्टर उडाउन समस्या भएको हो ।

मन्त्रालयले अल्टिच्यूड एयरको हेलिकोप्टर बिरामीको उद्धार गर्ने अनुमति दिएको उनको भनाइ छ । मौसममा सुधार आए आज दुवै जनाको उद्धार गरिने प्रजिअ भुसालले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ