arrow

नेपालमा सबैभन्दा बढी एक तले घर

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १३ सोमबार
nepal-map-limpiyadhura-lipu.gif
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयको विवरणअनुसार नेपालमा रहेका घरहरुमध्ये सबैभन्दा बढी एक तले रहेको उल्लेख  छ ।

सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर रहेको र यसमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको उल्लेख छ ।

त्यस्तै दोस्रोमा २८.७८ प्रतिशत २ तले, ९.१७ प्रतिशत ३ तले, १.३ प्रतिशत ४ तले, ०.६४ प्रतिशत ५ देखि ७, ०.०१ प्रतिशत ८ देखि ९ र ०.००३ प्रतिशत १० भन्दा बढी तले घरहरु रहेको पाइएको छ ।

देशभरका कूल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये १०।२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ