arrow

हिमाली भू-भागमा हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
humla-snowfall.jpg
तस्बिर-फाइल

काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आगामी केही दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अबको केही दिन देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज देशभर आंशिक बदली रही पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । 

उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

कात्तिक १५ गते बुधबार पनि देशभर आंशिक बदली रहनेछ । 

देशको पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुनका साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ