arrow

संसदमा विशेष सम्बोधन गर्दै महासचिव गुटेरेस 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
guterres-namaste.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दैछ । बैठक अपरान्ह ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । 

आजको बैठकमा संयुक्त राष्ट्र संघका महासचिव  एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई विशेष सम्बोधन गर्नेछन् । 

चार दिने नेपाल भ्रमणमा आएका गुटेरेसले पहिलो पटक नेपालको संसदमा सम्बोधन गर्न लागेका हुन् । उनी आइतबार बिहान १ बजे काठमाडौँ आइपुगेका थिए । 

उनी बुधबार बिहान १०ः१५ बजे फर्किदैछन् । 

सङ्घीय संसद सचिवालयले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने संसद बैठकको तयारी तीव्र पारेको छ । 

सचिवालयका प्रवक्ता एकराम गिरीले तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । उनले बिहान १० बजेसम्ममा सम्पूर्ण व्यवस्थापकीय तयारी पूरा भइसक्ने जानकारी दिए ।

उनले सभामुखको अध्यक्षतामा संयुक्त बैठक सञ्चालन हुने बताए । बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूची रहेको उनले जानकारी दिए । 

गुटेरेसको सम्बोधन लगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने उनले बताए ।

सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेपछि अहिलेसम्म कुनै पनि विदेशीले संसदमा सम्बोधन गरेका छैनन् । 

उनको सम्बोधनमा नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्याउने, जलवायु परिवर्तनको असर लगायतका विषय प्राथमिकतामा रहेको बताइएको छ । 

नेपालका पनि स्वार्थ रहेका छ्न् । तिनीहरुकोसमेत सम्बोधन हुने अपेक्षा गरिएको छ । जस्तो कि नेपालमा शान्ति स्थापना रहिरहोस्, शान्ति प्रक्रिया छिटो टुंगियोस्, जलवायु परिवर्तनको असर नेपाललाई नपरोस्, असर कम गर्नका लागि पीडक राष्ट्रहरुले सहयोग गरुन्, राष्ट्र संघमा नेपालको अधिकार बनोस्, शान्ति सेनामा नेपाली सेनाले देखाइरहेको गौरवको थप सम्मान होस् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ