arrow

लुम्बिनी पुगे महासचिव गुटेरेस

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
antonio-guterres-lumbini.jpg

काठमाडौँ ।   संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् ।  महासचिव अन्नपूर्ण बेसक्याम्पबाट पोखरा हुँदै लुम्बिनी पुगेका हुन् । 

महासचिवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी विकास कोषका पदाधिकारीले स्वागत गरेका छन् । 

महासचिव गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसङ्घका छैटौँ महासचिव हुन्  ।

महासचिवले लुम्बिनीमा वृक्षरोपण गर्नेछन् । लुम्बिनीमा डेढ घण्टा बिताएपछि उनी आज नै काठमाडौँ फर्कने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ