arrow

युद्धविरामको माग गर्दै अमेरिकी कंग्रेसमा प्रदर्शन

अमेरिकी सैन्य सहायता सम्बन्धी कंग्रेसको सुनुवाइमा पर्यवेक्षकले उठाए 'रगतले पोतिएका हात'

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १५ बुधबार
gaza-red-hand.jpg

काठमाडौँ ।  हात रातो रङले ढाकेका प्रदर्शनकारीहरूले अमेरिकी सैन्य सहायतासम्बन्धी कंग्रेसको सुनुवाइमा मङ्गलबार पटक–पटक अवरोध पुर्‍याएका छन् ।

यसअघि, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिनले इजरेल, युक्रेन र अन्य सुरक्षा खर्चका लागि अर्बौं डलरको सैन्य सहायताका लागि सिनेटको विनियोजन समितिसमक्ष अपिल गरेका थिए ।

यसै महिनाको सुरुमा हमासको आक्रमणपछि इजरेलले प्यालेस्टिनी भूमिमा बमबारी सुरु गरेयता गाजा पट्टीमा भएको रक्तपातको प्रतीकस्वरूप करिब दुई दर्जन पर्यवेक्षकले रातो रङ (साङ्केतिक रूपमा रगतले पोतिएका) हात उठाएका थिए ।

केहीले आफ्नो पाखुरामा ‘फ्री गाजा’ लेखिएको सन्देश बोकेका थिए र ‘इजरेललाई थप ४ डलर नदिनू’ भन्ने नारा लगाएका थिए भने केहीले ‘अब युद्धविराम’, ‘प्यालेस्टिनीहरू जनावर होइनन्’ र ‘सबैलाई लज्जित नतुल्याऊँ’ जस्तानारा लगाएका थिए ।

एक जनाले ‘नरसंहारलाई समर्थन गर्न बन्द गर’ लेखिएको सर्ट लगाएका थिए । 

केही प्रदर्शनकारीलाई प्रहरीले बाहिर निकालेपछि पनि ब्लिन्केनले धेरै पटक बोल्न रोकिएका थिए । 

अमेरिकी राष्ट्रपति जो बाइडनले कंग्रेसलाई १०५ अर्ब डलरभन्दा बढी सुरक्षा खर्चका लागि आग्रह गरेकका  छन्, जसमा अमेरिकाको कट्टर सहयोगी इजरेलका लागि १४.३ अर्ब डलर पनि समावेश छ । 

इजरेली सेना र हमासका लडाकूबीच मंगलबार गाजामा ‘भीषण युद्ध’ भएको इजरेली सेनाले जनाएको छ ।

 ट्यांक र बख्तरबन्द बुलडोजरहरू संकटग्रस्त क्षेत्रको भग्नावशेषबाट अघि बढेपछि संयुक्त राष्ट्रसंघले ‘अभूतपूर्व’ मानवीय आवश्यकताहरूको सामना गरिरहेको बताएको छ । 

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कअनुसार हमासको आक्रमणप्रति इजरेलले गरेको प्रतिक्रियाका कारण हालसम्म आठ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको छ।

इजरेली अधिकारीहरूका अनुसार हमासले सीमापार गरेको निर्मम आक्रमणमा करिब एक हजार ४०० जनाको मृत्यु भएको थियो यसलाई इजरेलले यसलाई आफ्नो इतिहासमा सबैभन्दा रक्तपातपूर्ण आक्रमणको रूपमा उल्लेख गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ