arrow

सिटी एक्सप्रेस योजना अन्तर्गत स्वादेन लिम्बु बने पहिलो एक लाखको विजेता

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
city-express-first-one-lakh-name-unviled.jpg

काठमाडौँ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरूको महान् चाड २०८० सालको दसैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूसँग पर्वको खुसी साट्न लगातार ६१ दिन सम्म चल्ने “विदेशबाट सिटी पठाऔँ, दश गुणा बढी पाऔँ” उपहार योजना घोषणा गरेको थियो जस अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही रु १००,००० ,  हरेक हप्ता ५ जनालाई जनही रु २५,००० साथै  ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरूलाई  जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको छ।

सोही योजना अनुरूप अहिले सम्म  ३१०० जनाले रु ५०० को वालेट टप् अप,  २० जना  साप्ताहिक  विजेताहरूले जनही रु २५,००० जित्न सफल भैसकेका छन् भने एक जना भाग्यशाली मासिक विजेताले रु १ लाख जित्न सफल भएका छन्। कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा यु के बाट रेमिटान्स पठाउने स्वादेन लिम्बुले रु १ लाख जित्न सफल भएका हुन्।   

कम्पनीका अनुसार यस “विदेशबाट सिटी पठाऔँ, दश गुणा बढी पाऔें” अफर असोज १५ देखि मङ्सिर १५ गते सम्म लागू हुनेछ। यो अवधि भरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्। 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५,००० भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैङ्कको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ