arrow

परराष्ट्रमन्त्रीले गरे एमसीसी परियोजना समयमा सम्पन्न गर्ने प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
mcc.jpg

काठमाडौँ ।  अमेरिकाको भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले एमसीसी  परियोजना समयमा नै सम्पन्न गरिने बताएका छन् । 

परराष्ट्रमन्त्री एनपी साउद र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राईटबीच वाशिङ्टन डिसीमा भएको भेटमा मन्त्री साउदले निर्धारित समयमा नै परियोजना पूरा हुने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

एमसीसी परियोजना पाँच वर्षमा नै सम्पन्न गर्ने विषयमा एमसिसीका अधिकारीसँग छलफल भएको वाशिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ । 

भेटमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशकुमार ढकाल, दूतावासका अधिकारीहरुलगायत एमसिसीका उपाध्यक्ष जोनाथन ब्रुक्स, नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्सन उपस्थित थिए ।

गत भदौ १२ गतेदेखि कार्यान्वयन भएको उक्त परियोजनाअन्तर्गत नेपालको विद्युत् आपूर्ति र यातायात पूर्वाधार निर्माण गरिनेछ । पचास करोड अमेरिकी डलर अनुदानको उक्त आयोजनमा नेपाल सरकारले १३ करोड डलर योगदान गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ