arrow

कोशीमा सहमतीय सरकारको प्रयास जारी, माओवादी र एसलाई समेटेर आजै विस्तार हुने

logo
विवेक मिश्र, 
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
kedar-karki-morang-6.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कोशी प्रदेशमा सरकार विस्तारको प्रयास जारी रहेको छ । सहमति गरी आजै सरकार विस्तार गर्ने तयारी भएको मुख्यमन्त्री केदार कार्कीले बताएका छन् । 

उनले माओवादी केन्द्र र नेकपा एसका तर्फबाट आजै नाम दिइने र नाम आउनासाथ सरकार विस्तार गर्ने बताए । 

स्रोतका अनुसार अहिले माओवादी र नेकपा एसका नेताहरु छलफलमा जुटेका छन् । 

अहिले एक एक जनाको नाम लिएर सरकारमा सहभागी गराउने जनाइएको छ । 

कोशीमा कांग्रेसको विद्रोह पक्षबाट संविधानको धारा १६८ को ५ अनुसार कार्की मुख्यमन्त्री बनेका हुन् । 

उनलाई नेकपा एमालेले साथ दिएको छ । एमाले पनि सरकारमा रहेको छ । 

एमालेले गठबन्धनका माओवादी, नेकपा एस समावेश नगर्न भन्दै आए पनि मिलाएर लैजाने र सहमतिमै कोशीको समृद्धिका लागि अगाडि बढ्ने भन्दै कार्कीले माओवादी र नेकपा एससँग पनि पहल थालेका हुन् । 

कार्कीले एमाले पनि कोशीमा मध्यावधि चुनाव होस् भन्ने नचाहेकाले अब मिलेरै कोशीको विकासमा सबै एकजुट भएर लाग्ने बताए । 

कोशी सरकारका प्रवक्ता एवं मन्त्री शमशेर राईले सहमतिकै सरकारको अडानमा शुरुआतदेखि नै भएकाले त्यसको प्रयास भइरहेको बताए । उनले कोशी बचाउने जिम्मा जिम्मेवार सबै दलको भएकाले पनि आफूहरु यो प्रयासमा लाग्नु अनुपयुक्त नभएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ