arrow

कोशी सरकारबाट एमाले बाहिरियो, मन्त्री रानाले दिए राजीनामा

logo
विवेक मिश्र, 
प्रकाशित २०८० कार्तिक १८ शनिबार
kedar-karki-rambhadur-rana.jpg

मोरङ । कोशी प्रदेशका बिना विभागीय मन्त्री रामबहादुर रानाले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री केदार कार्कीले एमालेको सहमति विपरीत कोशीमा नेकपा माओवादी र नेकपा एसलाई सरकारमा सहभागी गराएको भन्दै एमालेका रानाले शनिबार बिहान पदबाट राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री बनाएपछि असन्तुष्ट हुँदै एमालेले सरकार छाडेको हो ।

नैतिक हिसाबले मन्त्रिपरिषद्मा बसिरहन उचित नभएपछि मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाएको रानाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ