arrow

रुपन्देही सुन तस्करको साम्राज्य बन्दै, फरार नाइके पक्राउ नपर्दा प्रहरीमाथि शंका

logo
नारायण वली,
प्रकाशित २०८० कार्तिक २० सोमबार
gold-butwal.jpg

रुपन्देही । देशकै ठूलो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा अवैध सुन भित्रिदै आएको रामलिला केही समय अगाडि सिनामंगलबाट पक्राउ परेको ६१ किलो सुन प्रकरणले नयाँ तरंग छायो । अनुसन्धानलाई तीव्र पारियो । अन्ततः उक्त प्रकरण सेलायो । त्यसपछि पनि अवैध सुन फेला पर्न छोडेन ।

काठमाडौँमात्र हैन बाहिर पनि सुन तस्करहरु सल्बलाइरहेका छन् । काठमाडौँ पछिको पहिलो सुन तस्करीको साम्राज्य रुपन्देही बन्दै गएको छ । भारतको सीमा नाकाबाट सजिलै आवतजावत गर्न सकिने रुपन्देहीमा एउटा ठूलो बेलहिया, ३९ वटा चोरी नाका, कालीदह र एयरपोर्टको गरी दुई ओटा छोटी भन्सार नाका रहेका छन् । 

गत असार १० गते रुपन्देहीको कालीदह नाका हुँदै भारत लैजाँदै गर्दा कारको गियर बक्सभित्र लुकाइ राखेको झण्डै दुई किलो सुन सशस्त्र प्रहरी बल गण नं २७ रुपन्देहीका एसपी दीपक थापाको नेतृत्वको टोलीले बरामद गरी आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयलाई बुझाए पनि भन्सार कार्यालयले सुन तस्करीको नाइकेलाई पक्राउ गर्ने गरी प्रहरीलाई सोही अनुसारको प्रक्रिया चलाउनेमा चासो नदिँदा हालसम्म कानूनी दायरामा ल्याउन सकेको छैन ।

काठमाडौँमा फेला परेको एक सय किलो सुनका तस्करीका नाइकेलगायत संलग्न रहेकाहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएका बेला बुटवलको पेशेवर सुन तस्करी इन्द्रलाललाई पक्राउ गर्न रुपन्देही असफल देखिएको छ ।

सुन ओसारपसारमा संलग्न रहेका गाडी चालकलाई गत भदौ ७ गते दाङको घोराही उपमहानगरपालिका वडा नं १० का हुमानन्द गिरीलाई पुर्पक्षका लागि जेल चलान गरेर सो प्रकरणलाई सेलाइएको छ । सुनका भरिया चालकलाई ६० दिनसम्म हिरासतमा राखेर पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको मुद्धा शाखाले जनाएको छ । 

बा १२ च ३८२० नम्बरको मारुती सुजुकी कारलाई सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म, डण्डाको टोलीले चेकजाँच गर्दा इट्टा आकारका दुई थान सुन बरामद गरेको थियो । समाचार संकलनका क्रममा तस्करहरुले प्रहरीलाई झुक्याउने रुट नै योजनाबद्ध रहेको पाइएको छ ।

बुटवलबाट भारततर्फ सुन लैजाने क्रममा तस्करहरुले पहिले भैरहवातर्फ लाग्ने त्यसपछि देवदह, सैनामैना, गैडहवा लगायतका ठाउँमा घुमाएर उनीहरुले जिल्लाको पश्चिम दिशाको चोरी नाकाबाट निकासी गर्ने गरेको खुलेको छ । फरार रहेका सुन तस्कर सुनारलाई कारबाही गर्न जिल्लाका विभिन्न सुनचाँदी व्यवसायी संघहरुले कुनै चासो नदिँदा तस्करले उन्मुक्ति पाएको अनुसन्धानकर्ताहरुको भनाइ छ । यता सुन व्यवसायी संघका प्रतिनिधिहरुलाई सोध्दा आफूहरुलाई यसबारे जानकारी नभएको प्रतिक्रिया दिँदै आएका छन् । 

भन्सार कार्यालयले बालाजी र लक्ष्मीपति सुनचाँदी पसलमा सिल गरे पनि त्यसभित्र के कति मात्रामा सुन थियो भन्नेबारे जानकारी लिन खोज्दा भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले अनुसन्धानमा रहेकाले बताउन नमिल्ने भन्दै तर्काउँछन् । बुटवलसहित पाल्पा, गुल्मी, प्यूठान र अर्घाखाँचीका पसलहरुमा बिक्री गर्ने तस्कर सुनारले दैनिक १० किलो भन्दा बढी सुन बेच्ने गरेको खुलेको छ । बालाजी सुनचाँदी पसल इन्द्रलाल सुनारले चलाउँछन् भने लक्ष्मीपती सुनचाँदी पसल इन्द्रकी श्रीमती चलाउने गरेको बताइएको छ ।

एक पूर्व अनुसन्धानकर्ताका अनुसार अनुसन्धानमा एसियाकै उच्च मानिने सानादेखि ठूला घटनाका फरार अभियुक्तहरुलाई पक्राउ गरेर इतिहास रचेको प्रहरीले बुटवलका सुन तस्करलाई पक्राउ गर्न नसक्नु प्रहरीको कमजोरी भन्दा पनि नचाहेर उन्मुक्ति दिन खोजेको हो । बुटवलमा अझै पनि सुन तस्करी हुँदै आएको बताइएको छ । 

यो पनि, 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ