arrow

टी–२० विश्वकप छनोट

गुल्सनले २० बलमा पूरा गरे अर्धशतक

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १९ आइतबार
gulsan-jha-2080-07-17a.jpg

काठमाडौँ । विश्वकप टी–२० क्रिकेटमा छनोट भइसकेका एसिया छनोटका दुई टिमहरु नेपाल र ओमानले छनोटको फाइनल खेल खेलिरहेका छन् । त्रिविविको मैदान कीर्तिपुरमा टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ । 

नेपालले कमजोर शुरुआत गर्ने क्रममा १० ओभरमा ६० रन जोड्दा ४ विकेट गुमाइसकेको अवस्था कप्तान रोहित पौडेल र गुल्सन झाको जोडीले नेपालको योगफललाई उच्च बनाउने काम गरेको छ । 

दुवैबीचको साझेदारी सबैभन्दा बढी रनको भएको छ । सो क्रममा गुल्सनले बलमा २० बलमा अर्धशतक पूरा गरेका छन् । उनले ४ छक्का र ५ चौका प्रहार गरेका थिए । उनले २५ बलमा ५४ रन बनाए ।

यसअघि नेपालका लागि कुशल भुर्तेल २२ बलमा ३१, सन्दीप जोरा १३ बलमा १०, आसिफ शेख ६ बलमा ६ तथा कुशल मल्ल ९ बलमा ३ रन बनाएर आउट भए । 

समूह चरणमा ओमानले नेपाललाई ५ रनले हराएको थियो । नेपालले सेमिफाइनलमा यूएईलाई र ओमानले बहराइनलाई हराएको थियो । 

सन् २०२४ मा अमेरिका र वेष्टइन्डिको संयुक्त आयोजनामा विश्वकप टी–२० हुँदैछ । नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्नेछ । यसअघि सन् २०१४ मा खेलेको थियो । ओमानले तेस्रोपटक विश्वकप खेल्नेछ । 

विश्वकपमा वरीयताप्राप्त १२ टिमहरुले स्वतः विश्वकप खेल्नेछन् भने बाँकी ८ टिमको अहिले भइरहेको छनोट जस्तै तरिकाले छनोट भइरहेको छ । 

२०२४ को विश्वकपमा २० टिम सहभागी हुनेछन् । 

आजको खेलमा दर्शकबाट जम्मा भएको रकममध्ये ५० प्रतिशत नेपाल क्रिकेट संघ क्यानले जाजरकोटको भूकम्प पीडितका लागि दिने निर्णय गरेको छ । 

त्यस्तै क्यानले दर्शकका लागि थप रोचक अफर दिने क्रममा छक्का गएको बल एक हातले क्याच गर्ने दर्शकलाई २० हजार रुपैयाँ दिने घोषणासमेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ