arrow

मास्टरसेफ सन्तोषले खोले मिथिला होटल

logo
निरञ्जन साह,
प्रकाशित २०८० कार्तिक २० सोमबार
mastersef-santosh-hotel.jpg

धनुषा। बीबीसी मास्टरसेफ सन्तोष साहले मधेस प्रदेशको राजधानी जनकपुरधाममा मिस्टिक मिथिला होटल सञ्चालनमा ल्याएका छन् । मिथिला थालीको सफलतापछि जन्मदिनको अवसरमा आइतबारबाट मास्टरसेफ साहले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ भानुचोक स्थित मिस्टिक मिथिला होटलको शुभारम्भ गरेका हुन् ।

मिस्टिक मिथिला होटलको उद्घाटन ८० वर्षीय चन्दा देवी मुरारका र मास्टरसेफ सन्तोष साहले संयुक्त रूपमा उद्घाटन गरे। भारतका विभिन्न प्रान्तका परिकार पस्किँदै पर्यटन प्रवर्द्धन र जनकपुरधामको विकासमा टेवा पुर्‍याउने उद्देश्यले होटल सञ्चालनमा ल्याएको मास्टरसेफ साहले बताए ।

‘लाइभ म्युजिकसहितको काठमाडौँजस्तै यो नयाँ एडिसन बनाएको छु, विदेशमा ख्याती कमाएका इन्डियन फुड स्पेशलाइज्ड सेफहरू हामीले राखेका छौँ,’ मास्टरसेफ साहले भने , ‘हामीले जनकपुरधाममा खाने र बस्ने ठाउँ बनाइसक्यौँ अब सरसफाइमा काम गर्ने योजना रहेका बताए । 

मिस्टी मिथिलामा जनकपुरमै पहिलो पटक ब्याम्बो बिरयानी र पर्दा बिरयानी समेत पस्किन थालिएको सञ्चालक सदस्य दिलीप साहले बताए । जनकपुरधामका व्यापारी नबल मुरारका र सेफ सन्तोषको संयुक्त रूपमा उक्त होटलमा ९ करोड रुपैयाँको लगानी रहेको छ।

मिस्टी मिथिलामा ३ स्वीटरुम र ८ वटा डिलक्स रुम सहित १७ वट कोठा रहेको सञ्चालक समितिका सदस्य दिलीप कुमार साहले बताए । स्वीट रुमको एक दिनको अधिकतम ३ हजार ५ सय रुपैयाँ तोकिएको छ। भने डिलक्स रुमको २ हजार देखि २ हजार पाँच सय सम्म रुम रहेको मास्टर सेफ साहले बताए ।

यसअघि गत असारमा साहले रामानन्द चोकस्थित मिथिला थाली सञ्चालनमा ल्याएका थिए। ‘जनकपुरधामको संस्कृति र मौलिकतालाई प्रवर्द्धन गर्न मसँग दुई वटा विकल्प थियो। कि सिकाउँदै जाने कि आफै किन नगर्ने अनि अरूले हेरेर सिक्ने। मैले दोस्रो विकल्प रोजे,’ मास्टरसेफ साहले भने, ‘मिथिला थालीमा मैले नसोचे जतिको सफलता पाएका छौ।

प्रत्येक दिन कम्तीमा पाँच सय जनाले त्यहाँ खाना खान्छन्। प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सयौँले रोजगार पाएको मास्टरसेफ साहले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ