arrow

पख्तुनख्वामा विस्फोट, दुईको मृत्यु, तीन घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
pakistan-flag-human.jpg
तस्बिर – फाइल ।

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिम पख्तुनख्वा प्रान्तमा आइतबार भएको विस्फोटमा एक बालकसहित दुई जनाको मृत्यु हुनका साथै तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विस्फोट पख्तुनख्वा प्रान्तको लक्की मरावत  जिल्लास्थित एक गाँउमा भएको हो । घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्तपालमा लगिएकोसमेत प्रहरीले जानकारी दिएको छ ।
 
अहिलेसम्म आक्रमणको जिम्मेबारी कुनै पनि समूह वा व्यक्तले नलिएको प्रहरी स्रोतले जनाएको छ  । थप अनुसन्धानका लागि सम्बन्धित क्षेत्रलाई घेराबन्दी गरिएको प्रहरीले जनाएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ