arrow

सिटी एक्सप्रेस ग्रुपले भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
city-express-group-logo.jpg

काठमाडौँ। सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रवार रातिको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरूको लागि २५ लाख सहयोगको घोषणा गरेको छ।

भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आमजनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने हेतुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने भएको हो।

शुक्रवार राति कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठुलो जनधनको क्षति भएको छ। सिटी एक्सप्रेसले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको लागि कामना गर्दछ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ