arrow

भूकम्प पीडितलाई माओवादीको ५० लाख

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २१ मंगलबार
Mawobadi help.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले जाजरकोट भूकम्प पीडितका लागि रु ५० लाख राहत रकम सहयोग गरेको छ । 

माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । 

सो अवसरमा माओवादी नेताहरूले भूकम्प प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सरकारले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद दिँदै राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका थिए । 

यसैबीच, सूर्य नेपाल प्रालिले भूकम्प प्रभावितको राहतका लागि रु एक करोडको चेक हस्तान्तरण गरेको छ । 

सूर्य नेपालका उपाध्यक्ष रवी केसी प्रधानमन्त्री दाहाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ