arrow

भूकम्प पीडितलाई चीनले दियो ब्ल्याङ्केटदेखि लामखुट्टे मार्ने औषधिसम्मका राहत सामग्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २२ बुधबार
narayankaji-china-help.jpg

पोखरा । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूत छन् सङमार्फत् जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि चीन सरकारले पठाएका राहत सामग्री बुझेका छन् । 

बुधबार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईओटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मूल्य बराबरको सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता व्यक्त गरे । 

 नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुवै मुलुक एकअर्काको दुःखमा साथमा रहेको र यो द्रूत सहयोगले त्यसलाई अझ प्रमाणित गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

त्यसक्रममा राजदूत सङले पश्चिम नेपालको भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो  दुस्ख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेका जनतामा  समवेदना व्यक्त गरे । नेपाल र नेपाली जनताको दुःखमा आफ्नो देशको सधैं साथसहयोग रहने र राष्ट्रपति सि जिन पिङले समेत पत्र पठाएर त्यो संवेदना जाहेर गरेको उनले बताए ।

दुई ओटा एयरक्राफ्टबाट चार हजार ६ सय ब्लाङ्केट र ६ सय टेन्ट आएको छ। यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको छ, जसमा २ हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साढे १० हजार ओटा लामखुट्टे मार्ने औषधि छन्। 

बुधबार बिहान काठमाडौँ आइपुगेको उक्त सामग्री तत्काल प्रभावित क्षेत्रमा पठाइनेछ भने पोखरा आएको सागग्री पनि प्रभावित क्षेत्रमा  पठाउने तयारी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ