arrow

पीडितले राहत नपाएको गुनासो गरेपछि सामग्रीसहित उपप्रधानमन्त्री खड्का जाजरकोटमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २२ बुधबार
purnabahadur-khadka-2080-07.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्प पीडितका लागि राहत सामग्री लिएर जाजरकोट पुगेका छन् ।

भूकम्प पीडितले राहत नपाएको गुनासो आएपछि उपप्रधानमन्त्री खड्का आफैँ राहत सामग्री लिएर प्रभावित क्षेत्र जाजरकोटको जुनीचाँदे गाउँपालिका पुगेका हुन् ।

उपप्रधानमन्त्री खड्काले राहत सामग्री गाउँपालिकाको वडा नम्बर ३ मा पुगेर हस्तान्तरण गरेका छन् । सो अवसरमा कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ पनि उपप्रधानमन्त्री खड्काको साथमा थिइन् ।

गत शुक्रबार राति भूकम्प गएयता उपप्रधानमन्त्री भूकम्पपीडितको उद्धार, राहतलगायतका काममा खटिएका छन् । भूकम्प गएयता उपप्रधानमन्त्री खड्का सबै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी प्रभावितहरूको उद्धार र राहतमा खटिएका हुन् । 

राहत वितरणपछि पुनःस्थापनाको काम शुरू नहुँदासम्म उनी सोही स्थानमै रहने उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।

रक्षामन्त्रीसमेत रहेका खड्काले सरकारले यतिबेला सम्पूर्ण शक्ति भूकम्प पीडितको उद्धार, राहत वितरण र पुनःस्थापनामा केन्द्रित गरेको बताउँदै यस संकटको समयमा साथ दिने सबैलाई हार्दिक धन्यवादसमेत दिएका छन् ।

‘नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता हो । म आफैँ पनि घाइतेको उद्धारदेखि उनीहरुको उपचार र राहत वितरणमा सक्रिय छु । सरकारलाई प्राथमिकताका साथ भूकम्पपीडितका लागि काम गरिरहेको छ’ उपप्रधानमन्त्री खड्काले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ