arrow

भूकम्पपीडितलाई प्रधानमन्त्री र मन्त्रीले एक महिनाको तलब दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
cabinet-2080-07-16.jpg
तस्बिर : फाइल

काठमाडौँ। प्रधानमन्त्री र मन्त्रीले जाजरकोट भूकम्पपीडितलाई एक महिनाको तलब सहयोग गर्ने भएका छन्। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्पपीडितका लागि प्रधानमन्त्री र मन्त्रीले एक एक महिनाको तलब आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

एक साताअघि जाजरकोट केन्द्रबिन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रूकम पश्चिममा ठुलो धनजनको क्षति भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ