arrow

ट्रेलरले रिक्सालाई किच्दा सातको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २४ शुक्रबार
accident-final-1618290232.jpg

इस्लामाबाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको लोधरान जिल्लामा बिहीबार साँझ एउटा ट्रेलरले रिक्सालाई किच्दा कम्तीमा सात जनाको मृत्यु भएको र तीन जना घाइते भएको उद्धार विभागले जनाएको छ । 

जिल्लाको राष्ट्रिय राजमार्गमा तीव्र गतिमा आएको ट्रेलरले रिक्सालाई ठक्कर दिएर किच्दा एक दम्पती र उनीहरूका छोराछोरीसहित सात जनाको घटनास्थलमै मृत्यु भएको विभागले बताएको छ । 

प्रहरी र उद्धारकर्मीहरूले घटनास्थलमा पुगेर शव र घाइतेलाई अस्पताल पुर्याएका थिए । घाइतेहरूको अवस्था चिन्ताजनक रहेकाले मर्नेको सङ्ख्या बढ्नसक्ने चिकित्सकहरूले बताएका छन् । 
    
स्थानीय प्रहरीका अनुसार एउटा विवाहमा सहभागी हुन गएको अवस्थामा दुर्घटना भएको हो । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ