arrow

दश हजार बढी झोलुङ्गे पुल निर्माण सम्पन्न [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २४ शुक्रबार
suspension-bridge-exhibitio.jpg

काठमाडौँ । नेपालमा दश हजार बढी झोलुङ्गे पुलहरू निर्माण सम्पन्न भएको उपलक्ष्यमा तस्बिर प्रदर्शनी भएको छ । तस्बिर प्रदर्शनी माननीय शहरी विकास मन्त्री सीता गुरुङले उद्घाटन गरेकी थिइन् । 

कार्यक्रममा स्वीस राजदूत र शहरी विकास मन्त्रालयका सचिव सरजु वैद्यको पनि उपस्थिति रहेको थियो । 

स्थानीय पूर्वाधार विभाग र शहरी विकास मन्त्रालयको आयोजनामा ललितपुरको जावलाखेलमा २ दिने तस्बिर प्रदर्शनीमा राखिएको छ ।

कुल ७३० वटा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा लक्ष्य नाघेर ७४४ वटा निर्माण सम्पन्न भएका आर्थिक वर्ष २०७९ र २०८० , यो सङ्ख्या वार्षिक झोलुङ्गे पुल निर्माणको नेपाली इतिहासमा नै पहिलो उच्च परिमाण हो ।

यसै आर्थिक वर्ष नेपालका नदीनालाहरूमा झोलुङ्गे पुल निर्माणको १०,००० को सङ्ख्या उछिनिएको छ । गत आवमा निर्माण सम्पन्न भएका झोलुङ्गे पुलबाट मात्र पनि अब दूरदराजमा बसोबास गर्ने कम्तीमा १२ लाख आम नेपाली लाई सहजता दिलाएको शहरी विकास मन्त्रालयले जानकारी दिएको छ ।

सन १९६४ बाट स्वीस सरकार विकास एसडिसिको अनुदान सहित प्राविधिक सहयोग, हेल्भेटास नेपाल र नेपाल सरकार बाट प्रारम्भ भएको झोलुङ्गे पुलहरूको निर्माण हालसम्म आइपुग्दा दस हजार चार सय बाह्र वटा पुल बनिसकेका छन् ।

jholunge-pul-2080-07-24 (6).jpg
jholunge-pul-2080-07-24 (7).jpg
jholunge-pul-2080-07-24 (8).jpg
jholunge-pul-2080-07-24 (9).jpg
jholunge-pul-2080-07-24 (1).jpg
jholunge-pul-2080-07-24 (2).jpg
jholunge-pul-2080-07-24 (3).jpg
jholunge-pul-2080-07-24 (4).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ