arrow

तनहुँको पश्चिम खण्डको सडक निरीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २६ आइतबार
mantri-jwala.jpg

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन-पोखरा सडक योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डको शनिबार निरीक्षण गरेका छन् । 

पोखरास्थित सेती नदीमा बन्ने पुलको शिलान्यासका लागि आएका उनले पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डको आज स्थलगत निरीक्षण गर्नुभएको हो ।

जामुनेबाट कोत्रेसम्मको खण्डको काम सुस्त भएपछि मन्त्री ज्वालाले निरीक्षण गरेका हुन् ।

त्यसक्रममा मन्त्री ज्वालाले आयोजनाको कामलाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको औँल्याए ।

सडक आयोजनाको काममा ढिलासुस्ती भएकाले यसलाई दु्रतगतिमा अगाडि बढाउनुपर्ने अवस्था रहेको उनको भनाइ थियो । 

गण्डकी प्रदेशको ‘लाइफ लाइन’का रूपमा रहेको पृथ्वीराजमार्गको यो खण्डका केही ठाउँमा कामको गति अति सुस्त रहेको भन्दै उनले चाडो सक्न निर्देशन दिए ।

पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । 

यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी एनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । 

यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । 

पूर्वी खण्डको काम सन्तोषजनक रहे पनि पश्चिम खण्डको काम अत्यन्तै न्यून गतिमा भइरहेको छ । 

सरकारले पश्चिम खण्डको ठेक्का तोड्ने गरी छलफलसमेत गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ