arrow

बुटवलमा बढ्यो तिहारको चहलपहल [तस्बिरसहित]

logo
नारायण वली,
प्रकाशित २०८० कार्तिक २६ आइतबार
tihar 05.jpg

रुपन्देही। नेपालीहरुको दोस्रो महान् चाड तिहार (दीपावली) शनिबारदेखि सबैका घरघरमा भित्रिएसँगै बुटवलको ट्राफिक चोकमा बिहानैदेखि चहलपहल बढेको छ ।

दशैँपछिको दोस्रो महान् चाड मानिने तिहारको रौनक बजारमा बढेको देखिन थालको हो। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दुबो, मखमली, सयपत्रीको मालासँगै सप्तरङ्गी टीका र तेलको घेरा लगाएर मनाउने प्रचलन रहेको छ । दाजुभाइहरुले पनि चेलीबेटीको आशीर्वाद लिने गर्दछन् ।

धार्मिक ग्रन्ध अनुसार यमुनाले आफ्ना दाजु यमराजलाई कसैले पनि मार्न नसकोस् भन्ने कामना गर्दै भाइटीका लगाइदिएको र उक्त कामना पूरा भएको किम्बदन्ती अनुसार भाइटीकाको महत्व शुरुआत भएको उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ