arrow

बस र कार ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु, आठ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २७ सोमबार
accident-final-1618290232.jpg
तस्बिर – फाइल ।

इस्लामाबाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको फैसलाबाद जिल्लामा आइतबार बस र कार एक आपसमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।  सो घटनामा अन्य आठ जना घाइते भएको पनि उद्धार सेवाले जनाएको छ।

यात्रुवाहक बसले लिंक रोडबाट आएको कारलाई ठक्कर दिँदा खुर्रियावाला सडकमा दुर्घटना भएको उद्धार सेवाले जनाएको छ ।

ठोक्किएपछि बसले सडकको डिभाइडर पार गरेर सडकको अर्को छेउँमा रहेको ट्याक्टरको ट्रलीलाई ठक्कर दिएको थियो । 

त्यसपछि सडकको छेउँमा रहेको होटलमा ठोक्किएर कारमा सवार चारजना र बस चालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

दुर्घटनालगत्तै घाइते पाँच जना यात्रुलाई अस्पताल लगिएको छ ।

दुर्घटनाग्रस्त बस पञ्जाबको प्रान्तीय राजधानी लाहोरबाट उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहिस्तान जिल्ला जाँदै थियो। एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ