arrow

वर्षाका कारण कम्तीमा ४६ जनाको मृत्यु, हजारौँ विस्थापित

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३० बिहिबार
mississippi-flood.jpg

काठमाडौँ । केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु भएको छ । केन्यामा अल निनो वर्षाका कारण कम्तीमा ४६ जनाको मृत्यु भएको छ भने हजारौँ विस्थापित भएका छन् । 

आन्तकि क्याबिनेट सचिव किथुरे किन्डिकीले अधिकांशको मृत्यु बाढीका कारण भएको बताए । सबैभन्दा बढी प्रभावित क्षेत्रहरू उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वीमा माकुएनी, कितुई पश्चिमी केन्याको होमा खाडी किसुमु रहेका छन् । 

केन्या सरकाले गारिसा, कितुई ताना नदी नामक तीन काउन्टीहरूमा नयाँ अलर्ट जारी गरेको छ । 

ताना र आठ नदी विकास पाधिकण (टार्डा)ले लगातारको अविरल वर्षाका कारण दुई वटा जलाशयमा पानीको बहाव पाँच मिटरभन्दा माथि पुगेको र कुनै पनि बेला थप बाढी आउन सक्ने चेतावनी दिएको छ । 

केन्याको मौसम विभागले जनवरीसम्म वर्षा हुने आङ्कलन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ