- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सरकारले जलवायु परिवर्तन सम्बन्धी सम्मेलनलाई अवसरका रूपमा प्रयोग गर्ने बताएको छ । युएईको दुबईमा मङ्सिर १४ देखि २६ गतेसम्म हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २८ औँ सम्मेलन (कोप–२८) मा नेपालले जलवायु परिवर्तनबाट परेको प्रभावका बारेमा आफ्ना एजेन्डा गहन रूपमा प्रस्तुत गर्ने बताएको हो ।
वन तथा वातावरण मन्त्रालयका सहसचिव बुद्धि पौडेलले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा जलवायु परिवर्तनका कारण परेका असर र प्रभावका बारेमा रोडम्याप बनाएर प्रस्तुत हुने बताए । उनले सरकारले कुन कुन विषयलाई प्राथमिकतामा राख्ने भनेर विज्ञहरूसँग छलफल गरेको र सम्मेलनमा सबैले नेपालको तर्फबाट एउटै आवाज उठाउने बताए ।
उनले राम्रो एजेन्डा र राम्रो टिम भए नेपालले आफूलाई परेका प्रभाव र असरको बारेमा विश्व मञ्चमा आफ्नो आवाज उठाउन सक्ने बताए । उनले औपचारिक कार्यक्रमबाहेक पनि अन्य कार्यक्रममा एक्ला एक्लै भेटवार्ता गरी जलवायु परिवर्तनका असरका बारेमा नेपालका समस्या बुलन्द गर्ने उद्देश्य राखेको बताए । उनले हिमालको समस्याका बारेमा पनि जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा आवाज उठाउने बताए । हिमालको विषय एक देशको विषय नभएकोले हिमाल भएका देशहरू मिलेर आवाज उठाउन सकिने बताए ।