arrow

कोशी सरकारको बैठक हरेक महिना धनकुटामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १ शुक्रबार
dhankuta-congress-2080-08-0.jpg

धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले धनकुटामा हरेक महिना कम्तीमा एक पटक मन्त्रिपरिषदको बैठक राख्ने बताएका छन् । आज नेपाली कांग्रेस धनकुटाको टोलीले प्रस्तुत गरेका मागहरू ग्रहण गर्दै उनले उक्त प्रतिबद्धताव्यक्त गर्दै धनकुटाको विकास र समृद्धिका लागि आफू सधै सकारात्मक रहेको बताए । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा संघीय युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र कोशी प्रदेशका मन्त्रीहरुको र नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरेको उपस्थितिमा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई,जिल्ला सचिवहरु विजय सन्तोषी राई,जयन्द्र घिसिङ्ग, पाख्रिवास नगरपालिकामा मेयर ज्ञानबहादुर गुरुङ, महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राय, सागुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई, छथरजोरपाटी गाउपालिकाका अध्यक्ष छत्र सुब्बा, जिल्ला सदस्यहरु हर्कमान चेम्जोग, गजम सिंह घिसिङ, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्रबहादुर लिम्बू लगायतको धनकुटाको टोलीले राखेको माग ग्रहण गर्दै मुख्यमन्त्री कार्कीले धनकुटामा मन्त्रिपरिषदको बैठक महिनामा कम्तीमा एक पटक राख्ने बताएका हुन् । 

कांग्रेस धनकुटाका सभापति राईले मुख्यमन्त्री कार्कीलाई बुझाएको धनकुटा कांग्रेसको माग पत्रममा कोशी प्रदेशको प्रत्येक बर्खे अधिवेशन धनकुटामा गर्नुपर्ने र धनकुटामा रहेको मुख्यमन्त्रीको सम्पर्क कार्यालयलाई साधन स्रोत र जनशक्तियुक्त बनाइ मन्त्रिपरिषदको बैठक धनकुटामा महिनामा कम्तीमा एक पटक संचालन गरी मुख्यमन्त्रीले धनकुटाबाट पनि कार्य संचालन गर्नुपर्ने, धनकुटा अस्पताललाई स्तरोन्नति गरी एक सय बेडको बनाइ विशेषज्ञ सेवा संचालन गर्दै शिक्षण अस्पतालको –मेडिकल कलेजको रुपमा विकास गरी संचालन गर्नुपर्ने, धनकुटाको  बेलहारा डाडामा डिपिआर समेत भैसकेकोले एयरपोर्ट तत्काल निर्माण गर्नुपर्ने, धनकुटाको विश्रान्ती मन्दिरमा एक सय फिटको शिव भगवानको मूर्ति र धनकुटाको हिलेमा एक सय फिटको भगवान् बुद्धको मूर्ति र गुम्बा निर्माणका लागि बजेटको व्यवस्था गर्नुपर्ने र धनकुटाका लागि विभिन्न योजनाहरुको लागि बजेट बिनियोजन गर्नका लागि योजना सहितको रकम माग गरिएको जिल्ला सचिव विजय सन्तोषी राईले बताए । 

यसैगरी धनकुटा जिल्ला पाख्रिवास नगरपालिकाका लागि  पाख्रिवास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङ, जिल्ला सदस्य गजमसिंह घिसिङले र महालक्ष्मी नगरपालिकाका लागि मेयर ध्रुवराज राय, कर्मचारी ग्याल्जे शेर्पाले विभिन्न योजनाहरुको लागि बजेट बिनियोजन गरि दिन योजनाहरु सहितको माग पत्र बुझाएका हुन् ।

यस्तैगरी धनकुटाको सागुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र राई,वडा नं ६ का वडाध्यक्ष यम प्रकाश (दिपक) मगर, वडा सदस्य सुशील मगर, अशोक मगरले सागुरीगढीको शिक्षा,स्वास्थ्य, सडक, पर्यटन लगायतका विभिन्न योजनाहरुसहित रकम बिनियोजन गरीदिन मुख्यमन्त्री कार्की समक्ष माग पत्र बुझाए । 

धनकुटाको छथरजोरपाटी गाउँपालिकाका लागि गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा, नेपाली कांग्रेस छथरजोरपार्टी गाउपालिकाका उपसभापति ध्रुव दाहाल, वडा नं ५ का सभापति ढकल सिंह लिम्बूले छथर गाउँपालिकाको विकास निर्माणका योजनाहरु सहित बजेट बिनियोजन गरी दिन माग पत्र बुझाए । 

नेपाली कांग्रेस धनकुटाको उक्त टोलीले विराटनगरमा कोशी प्रदेशका मन्त्रीहरु समशेर राई, कमलप्रसाद जबेगू (लिम्बू) समक्षसमेत धनकुटाका विकास र समृद्धिका लागी विभिन्न योजनाहरुका लागि बजेट बिनियोजन गरी दिनहुन माग गरेको जिल्ला सचिव राईले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ