arrow
ADVERTISEMENT

देशभर चिसो बढ्दै, हिमाली भू-भागमा हिमपात, मंगलबारसम्म यस्तो रहनेछ मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
cold-weather.jpg

काठमाडौँ । हाल देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको छ भने चिसो बढ्दै गएको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात भइरहेको छ ।

 जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

 आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। 

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

भोलि सोमबार दिउसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ। राती भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 पर्सी मंगलबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हुने हिमपात र चिसोबाट बच्न विभागले आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ