- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । इटालियन ट्रेड युनियनहरूले सरकारको बजेट योजनालाई लिएर हड्ताल गरेको छ । हड्तालको समर्थनमा हजारौं मानिसहरूलाई सडकमा उत्रिएका थिए ।
उनीहरुले राष्ट्रिय श्रम युनियनहरू, कामदारहरूको कल्याणलाई खतरामा पार्नेगरी बजेट नल्याउन चेतावनी दिएका छन् ।
प्रदर्शनमा करिव ६० हजार मानिस सामेल भएको बताइएको छ । प्रहरी रिपोर्टमा ने ५० हजार उल्लेख छ ।
हड्ताल शुरुमा दिनभर चल्ने भनिएको थियो । तर उपप्रधानमन्त्री र पूर्वाधार तथा यातायात मन्त्री माटेओ साल्भिनीको आदेशपछि चार घण्टामा घटाइएको थियो ।
हड्तालको प्रभाव सिमित रहेको यातायात मन्त्रालयले जनाएको छ ।