arrow

दशैँ तिहारको समयमा पर्यटक बढे

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
kanchanjanga-himal.jpeg
तस्बिर-फाइल

फुङ्लिङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा दशैँ तिरहारको समय बाह्य पर्यटकको सङ्ख्या बढेको छ ।

कोरोनाको सङ्क्रमणका कारण  करिब चार वर्ष सुनसान जस्तै बनेको कञ्चजङ्घा क्षेत्रमा यस वर्षको दशैँ तिहारको समयमा भने पर्यटकको सङ्ख्या बढेको हो । 

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालय घुन्सा चेक पोष्टका पर्यटन सहायक टाँसी तेन्जिङका अनुसार दशैँ र तिहारको समयमा  सय जना विदेशी पर्यटक आएका छन् ।

यस क्षेत्रमा असोज महिनादेखि पर्यटकको आगमन शुरु हुने गरेको उनले बताए । 

असोज, कात्तिक र मङ्सिर २ गते सम्ममा छ सय ५० बाह्य पर्यटक कञ्चनजङ्घा क्षेत्र अवलोकन गर्न आएको घुन्सा पर्यटन चेकपोष्ट कार्यालयले जनाएको छ । 

विगतको तुलनामा यसवर्ष आन्तरिक पर्यटक वृद्धि भएको छ ।

गत वर्ष असोज, कात्तिक र मङ्सिर महिनाम चार सय ५० बाह्य पर्यटकले यस क्षेत्रको अवलोकन गरेका थिए । 

आन्तरिक पर्यटकको भने अहिलेसम्म कुनै निकायले तथ्याङक राख्ने गरेको छैन । 

पर्यटकको आगमनले कञ्चनजङ्घा क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएको घुन्साका पर्यटन व्यवसायी पेमा शेर्पाले बताए । 

स्थानीय समुदाय पर्यटन व्यवसायमा निर्भर हुँदै आएका छन् । 

वर्षको दुई याममा यस क्षेत्रमा पर्यटक आउने गर्दछन् । 

अहिले चिसो मौसम सुरु भएसँगै पर्यटकको आवागमनमा कमी हुँदै गएको पर्यटन सहायक शेर्पाले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ