arrow

भूकम्प प्रभावित क्षेत्रमा माओवादीका तीन हजार स्वयंसेवक

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
bhukampa-pidit-jajarkot.jpg

कर्णाली । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले भूकम्पप्रभावित क्षेत्रमा तीन हजार एक सय जना स्वयंसेवक खटाउने निर्णय गरेको छ । 

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश विशेष रुपान्तरण अभियानको समीक्षात्मक बैठकले उक्त निर्णय गरेको हो । 

पार्टी निर्णयअनुसार प्रभावित क्षेत्रमा खटिने स्वयंसेवकले भूकम्पपीडितका अस्थायी आवास तथा पुनःनिर्माणमा सहयोग गर्नेछ । सम्बन्धित जिल्ला प्रमुख नेतृत्वको स्वयंसेवक टोली खटाइनेछ ।

भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम, सल्ल्यानलगायत जिल्लाका एक सय पाँच वडा प्रभावित भएका छन् । उनले प्रत्येक वडामा २१ जनाको टोली सक्रिय हुनेछ । 

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार जाजरकोटमा एक सय पाँच जनाको ज्यान गएको थियो भने एक सय १२ जनाभन्दा बढी घाइते भएका थिए । 

रुकुमपश्चिममा ५२ जनाको मृत्यु र ७९ जना घाइते भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ